• २०८३ कार्तिक ३० सोमबार

अमरेशले सुरु गरे ६० दिने मेची–महाकाली पैदल यात्रा

अमरेशले सुरु गरे ६० दिने मेची–महाकाली पैदल यात्रा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले ६० दिने मेची–महाकाली पैदल यात्रा सुरु गरेका छन्।

जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणबाट सोमबार रास्वपा सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा पैदल यात्राको शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू रविन्द्र पटेल, मनीष झा, पुरुषोत्तम यादव र विनोद यादवसहित पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

डा. सिंहका अनुसार देशमा शान्ति स्थापना, राष्ट्रिय एकता सुदृढीकरण तथा नेपालीबीच आपसी सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले यात्रा सुरु गरिएको हो ।

६० दिनसम्म सञ्चालन हुने यात्राका क्रममा सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका विषयलाई प्राथमिकताका साथ उठाइनेछ । यात्राका क्रममा विभिन्न गाउँबस्तीमा पुगेर स्थानीय नागरिकका समस्या, आवश्यकता र गुनासा सुन्ने तथा समाधानका लागि पहल गर्ने योजना रहेको सिंहले बताएका छन् ।

उनले यो यात्रा केवल पैदल यात्रा नभई जनतासँग प्रत्यक्ष जोडिने, देशको अवस्था बुझ्ने र परिवर्तनका लागि साझा संकल्प निर्माण गर्ने अभियान भएको बताएका छन् ।

सिंहले अभियान सफल बनाउन सम्पूर्ण नेपालीको साथ, सहयोग र समर्थनको अपेक्षासमेत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै