काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशमा ३ जना, काठमाडौँ उपत्यकामा २ जना तथा गण्डकी र कोशी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १६६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ५९ जना घाइते भएका छन् भने कोशीमा ३५ जना, काठमाडौँ उपत्यकामा १० जना, सुदूरपश्चिममा १२ जना, बागमतीमा ९ जना घाइते भएका छन् भने लुम्बिनीमा २४ जना, कर्णालीमा ८ जना र गण्डकीमा ९ जना घाइते भएका छन् ।









