• २०८१ बैशाख १२ बुधबार

उपाय सिटी कार्गोको ‘उपाय फुलफिल्मेन्ट सर्भिस' शुभारम्भ

kharibot

काठमाडौँ । उपाय सिटी कार्गोले नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस' को शुभारम्भ गरेको छ ।

नेपाल भर सानादेखि ठुला व्यापार तथा साधारण ग्राहकलाई समेत सेवा प्रदान गरि, ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने लक्ष्य लिएको यस कम्पनीले ‘उपाय अन डिमाण्ड’ र ‘मेरो उपाय’ जस्ता सेवाहरुको सफलता पछि तेस्रो सर्भिसको रुपमा 'उपाय फुलफिल्मेन्ट सर्भिस' ल्याएको हो ।

नेपालमा व्यापारिक तथा निजि प्रयोजनका लागि सस्तो अनि भरपर्दो ढुवानी सेवा प्रदायकको ठुलो माग छ । सोहि मागको पूर्ति गर्दै आएको उपाय सिटी कार्गोले आफ्नो नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस' अन्तर्गत एकै साथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिन्छ । यो सेवा प्रदान गर्न उपायले रुट प्लानिङ सिस्टमको प्रयोग गर्दछ, जसले ढुवानीमा लाग्ने समय र पैसा दुबैको बचत हुन्छ । यसको सोझै फाइदा ग्राहकलाई कम ढुवानी शुल्क र छिटो सामान डेलिभरी  मार्फत पर्न जान्छ । 

रुट प्लानिङ सिस्टमले सामानको डेलिभरी गर्नुपर्ने ठाउँ अनुसार प्याकेजलाई छुट्याउछ र सोही अ अनुरूप डेलिभरी जान्छ । यसका साथै 'उपाय फुलफिल्मेन्ट सर्भिस' मार्फत एकैसाथ धेरै सामानको पिकअप, सोर्टिङ र बन्ड्लिङ, र डेलिभरी गर्न सकिन्छ । यो सर्भिस खासगरी यस्तो व्यापारलाई उपयुक्त हुन्छ जसले निरन्तर रुपमा धेरै  सामानको एक्कै साथ फरक फरक ठाउँमा डेलिभरी अथवा पिकअप गर्नुपर्ने हुन्छ । यसका साथै ग्राहकको सहजताको लागि उपाय सिटी कार्गोको आफ्नै मोबाइल याप छ जसबाट ग्राहकले आफुलाई सहज हुने माध्यममार्फत सजिलै भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको उपाय सिटी कार्गोले जनाएको छ । 

उपाय फुलफिल्मेन्ट सर्भिसले ग्राहकहरुलाई सम्पूर्ण ढुवानी सेवासँग सम्बन्धित सबै सेवा एक्कै ठाउँबाट प्रदान गर्ने र यो सेवालाई थप विस्तार गरी उपायले आगामी दिनमा नेपालका ३०० सहरमा आफ्नो डेलिभरी सेवा पुर्याउने योजना लिएको कार्गोका प्रबन्ध निर्देशक सुमन रायमाझीले बताएका छन् ।

हाल, उपायको फुलफिल्मेन्ट सर्भिसले काठमाडौंमा साना वस्तुहरूको लागि सुविधाजनक र किफायती डेलिभरी सेवाहरू प्रदान गरिरहेको छ । यो सेवा काठमाडौं भित्र आफ्नो समान डेलिभरी गर्न डेलिभरी सेवा खोज्ने ग्राहकहरूलाई उपयोगी हुन विश्वास उपाय सिटी कार्गोले लिएको छ ।

"उपाय फुलफिल्मेन्ट सर्भिस मार्फत ग्राहकले आफ्नो सामानलाई फुलफिल्मेन्ट सेन्टरमा पनि राख्न सक्नु हुन्छ । यो सेवा यदि तपाई काठमाडौंमा अनलाइन व्यवसाय गर्दै हुनुहुन्छ अनि तपाई सबैभन्दा राम्रो, भरपर्दो, र सस्तो डेलिभरी पार्टनर खोज्दै हुनुहुन्छ भने, उपाय फुलफिल्मेन्ट तपाईको लागि हुन सक्छ।” सन्दिप सुवेदी, निर्देशक- फुलफिल्मेन्ट।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै