• २०८१ बैशाख २४ सोमबार

पहिलो पटक विराटनगर आइपुग्यो भारतीय कार्गो रेल

kharibot

विराटनगर । भारतबाट विराटनगरको बुधनगरस्थित कस्टम यार्डमा पहिलो पटक कार्गो रेल आइपुगेको छ ।  विहिबार  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको सन्दर्भ पारेर पहिलो कार्गो रेल नेपाल आएको हो । 

कार्गो रेल भारतको बथनाहास्थित यार्डबाट सात किलोमिटर सीमामै अवस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा आइपुगेको रेलमा औद्योगिक कच्चा पदार्थ र फलामका बिलेट लोड गरिएको थियो । 

रेल र त्यसमा सवार कर्मचारीहरूलाई नेपाल र भारतका अधिकारीहरूले स्वागत गरेका थिए । त्यसलगत्तै नेपाल कस्टम यार्डमा औपचारिक कार्यक्रम सम्पन्न भएको छ । 

बथनाहादेखि बुधनगरसम्मको ट्रायक चार वर्षअघि परीक्षण गरिएको थियो । नेपालतर्फ मोरङको कटहरीमा कस्टम यार्ड निर्माणको काम भने अझै बाँकी नै छ । 

विराटनगरसम्म कार्गोसहितको रेल्वे सेवा सुरू गर्न विगत लामो समयदेखि नेपाली उद्योगी व्यवसायीले माग गर्दै आएका थिए । 

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले विराटनगर भन्सार यार्डसम्म कार्गो ब्रोडगेज रेल्बे यार्ड सञ्चालनका निमित्त भारतले संरचना निर्माण गरिदिएको हो । 

बुधनगरम्म ट्राक विछ्यानेदेखि, स्टेसन तथा यार्ड निर्माणको कार्य यसअघि नै सम्पन्न भइसकेको थियो । तर, नेपालतर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण रेल्वेको यार्ड निर्माण हुन र ट्राक विछ्याउन विलम्ब भइरहेको छ । यससम्बन्धि मुद्धा अहिले सर्वोच्च अदालतमा रहेको छ  ।

करिब चार अर्ब भारतीय लगानीमा भारतको इरकोन कम्पनीले सन् २०११ मा रेलको ट्राक विछ्याउनेलगायत काम सुरू गरेको थियो । सन् २०१७ मै निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने थियो । हालसम्म विराटनगर आईसीपीसम्मको आठ किलोमिटर क्षेत्रमा रेल चल्न सक्ने गरीको संरचना भने तयार भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै