• २०८१ बैशाख २५ मंगलबार

बाबुरामले दर्ता गराए 'नेपाल समाजवादी पार्टी'

kharibot

काठमाडौं । डा. बाबुराम भट्टराई पक्षले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ ।

भट्टराई पक्षका नेता विश्वदीप पाण्डेले निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई मान्यता दिएको बताएका छन् ।

यो चुनाव चिह्न यसअघि डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको रहेको थियो । डा. भट्टराई यस अघिको संसदीय चुनावमा आँखा चुनाव चिन्हबाट नै चुनाव लडेका थिए ।

निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको बुझिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालमा डा. भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढेपछि डा. भट्टराई पक्षले पार्टी दर्ता गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै