• २०८१ बैशाख १६ आइतबार

बाबुराम नेतृत्वको नेसपाले माघमा महाधिवेशन गर्ने

kharibot

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) को डा. बाबुराम भट्टराई पक्षले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् । उनका अनुसार महाधिवेशनको मिति र स्थान बुधबार बस्ने पार्टीको सचिवालयले निर्णय गर्ने छ ।

माघसम्म प्रदेश, जिल्ला तथा पालिका अधिवेशन गरी सक्ने निर्णय केन्द्रीय समितिको बैठकले निर्णय गरेको शर्माले बताए । भट्टराई पक्षले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको थियो ।

कार्यकारिणी बैठकले नेकपा (माओवादी) सँग एकता प्रक्रियामा जुटेका महिन्द्र यादव लगायतका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै अहिले यादव पक्ष माओवादीसँग समाहित हुन सम्झौता गरिसकेको छ भने भट्टराई पक्षले पुरानो पार्टीलाई यथावत् राख्ने निर्णय गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै