• २०८१ बैशाख १५ शनिबार

माओवादीसँग एकता भएको भन्दै भ्रमपूर्ण प्रचार गरियो- डा. बाबुराम भट्टराई

kharibot

काठमाडौं । नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफूहरूको पार्टी नेकपा माओवादी केन्द्रसँग एकता गर्ने भनि भ्रमपूर्ण प्रचार गरिएको आरोप लगाएका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै संयोजक भट्टराईले आफु अध्यक्ष रहेको पार्टीको एकता भएको भन्दै भ्रमपूर्ण प्रचार गरिएको बताएका हुन् ।

उनले पार्टीका केही व्यक्तिहरू माओवादी केन्द्रमा प्रवेश गर्न लागेका जानकारी दिए । उनले भने- ‘पार्टीभित्र आन्दोलनका क्रममा थकाइ लाग्छ, गलिन्छ । त्यसले गर्दा यात्रामा हिड्नुभन्दा चौतारीमा बास नै बसौँ । छिमेकीको एउटा घरमा गएर मिठो खाना खाउँ जस्तो यात्रीलाई अनुभूत हुन्छ । त्यस्तै साथीहरूलाई पनि अलिअलि भएर उहाँहरूले गर्न खोज्नुभयो । त्यसलाई हामीले अन्यथा मान्ने कुरा हुँदैन थियो । त्यो निरन्तर चल्छ ।’

उनले अगाडी भने- ‘तर अलिकति बिडम्बनापूर्ण के भइदियो भने देशको प्रधानमन्त्री जो एउटा पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । उहाँकै उपस्थितिमा केही मान्छेहरूले उहाँको पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी नै मर्ज भएको भन्ने ढंगको जुन वक्तव्य आयो । त्यसबाट हामी आश्चर्यचकित भयौँ ।’

संयोजक डा. भट्टराईले शान्ति प्रक्रियालाई टुग्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नका लागि आफूहरु पुरानो पार्टीसँग सहकार्य गर्न तयार रहेपनि एकता गर्ने कुनै योजना नभएको स्पष्ट गरेका छन् ।

डा. भट्टराईले आफुहरु पछाडी फर्केर नहिड्ने स्पष्ट गराउदै केहि साथीहरु छोडेर जान खोजे फूलमाला लगाएर नै बिदाइ गर्ने बताए ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै