• २०८१ बैशाख १५ शनिबार

बाबुरामलाई यादव समुहको काउन्टर- निर्णय अस्वीकार गर्दै माओवादीसँगको एकता अनुमोदन

kharibot

काठमाडौँ । नेपाल समाजवादी पार्टीको अध्यक्ष महिन्द्र राय यादव समुहले अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले गरेको निर्णय अस्वीकार गरेको छ । 

मंगलबार नयाँ बानेश्वरमा आफ्नो समुहको केन्द्रीय समितिको बैठक बसेर सोमबार भट्टराई समुहको निर्णय नमान्ने घोषणा गरेको हो ।

सोमबार बाबुराम समुहले पार्टीको महाधिवेशन आगामी माघमा गर्ने र यादव समुहका नेतालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । 

यादव समुहको बैठकले चैत ३ गते माओवादी केन्द्रसँग भएको एकतासम्बन्धी ४ बुँदे सहमति अनुमोदन गर्दै सातै प्रदेशमा इन्चार्ज र अध्यक्षको जिम्मेवारी समेत तोकेको छ । 

जस अनुसार कोशी प्रदेशमा इन्चार्जमा राजेन्द्र कुमार किराती र अध्यक्ष विमला भट्टराई, मधेस प्रदेशमा इन्चार्जमा देवेन्द्र यादव र अध्यक्ष प्रमोद यादव, बागमती प्रदेशको इन्चार्जमा अक्कलबहादुर थिङ र अध्यक्ष बन्दना सुवेदीलाई तोकेको छ ।  

त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जमा रमेश पोखरेल र अध्यक्ष ढाकाराम गौतम, लुम्बिनी प्रदेशको अध्यक्ष उमाशंकर यादव, कर्णाली प्रदेशको इन्चार्ज, देवीबहादुर बुढाथोकी तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा मीनराज बडू र अध्यक्ष विनोद चन्दलाई तोकेको छ ।

त्यसैगरी गैर भौगोलिक प्रदेशको इन्चार्जमा ज्ञानेन्द्र कुमाल र अध्यक्षमा  राधा थापा तथा  प्रवास प्रदेशको इन्चार्जमा नहेन्द्र प्रधानलाई तोकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै