काठमाडौँ । नोभाक जोकोभिचले विम्बल्डनको उपाधि जितेका छन् ।
आइतबार भएको पुरुष सिंगल्सको फाइनलमा जोकोभिचले अस्ट्रेलियाका निक किर्गियोसलाई ४-६, ६-३, ६-४ र ७-६ को चार सेटमा ३-१ ले पराजित गरेका हुन् ।
जोकोविचको यो सातौं विम्बल्डन उपाधि हो भने योसँगै उनले आफ्नो क्यारियरको २१औं ग्राण्ड स्लाम उपाधि जितेका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै ग्राण्ड स्लाम जित्ने रेकर्ड भने राफेल नाडालको नाममा रहेको छ । उनले २२ ग्राण्ड स्लाम जितेका छन् । यस विम्बल्डनमा पनि सेमिफाइनलसम्म पुगेका नाडाल घाइते भएपछि आफ्नो नाम फिर्ता लिएका थिए । नाडालले नाम फिर्ता लिएपछि निकले वाकओभर पाएर फाइनल पुगेका थिए ।