• २०८१ बैशाख १८ मंगलबार

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

kharibot

दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेको हो । उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट विहिबार बिहान ४ बजे पक्राउ परेका हुन् ।

स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । 

बुटवलमा बुधबार साँझ बम विस्फोट भएपछि बास्तोला समुहले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेकाले प्रहरीले उनलाई निर्वाचनसम्मका लागि नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ ।

स्थानीय तहको निर्वाचनका बिषयमा विप्लव नेतृत्वको नेकपामा विवाद भएपछि बास्तोलाको नेतृत्वमा नेकपा बहुमत गठन गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै