• २०८१ बैशाख १७ सोमबार

एमालेको चियापान: एकै टेबलमा विप्लवदेखि रविसम्म !

kharibot

तस्बीर: रासस

काठमाडौँ । नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा अनौठो दृश्य देखिएको छ । एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा बुधबार पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको चियापानमा सहभागी भएका शिर्ष नेताहरुलाई एकै टेबलमा देखिएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पुर्व सरकार प्रमुख खिलराज रेग्मी, नेकपा अध्यक्ष नेत्र विक्रम चन्द विप्लव, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई एकै टेबलमा देखिएको छ । एमालेको चियापानले जुराएको यो दुर्लभ दृश्य रोचक देखिएको थियो । 

चियापानमा पुगेका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले स्वागत गरेका थिए ।

एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाललाई पनि निमन्त्रणा गरेपनि उनीहरु भने चियापानमा उपस्थित भएनन् । एकीकृत समाजवादीबाट सम्मानित नेता झलनाथ खनाल, पार्टी सचिव रामकुमारी झाँक्री चियापानमा पुगेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै