• २०८१ बैशाख १७ सोमबार

कलंकीबाट भन्सार छली ल्याएको १५ लाखको सामान बरामद

kharibot

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट भन्सार छली ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको बिभिन्न प्रकारका कपडा तथा जुत्ताहरु बरामद गरेको छ ।

कलंकीमा ना.६ ख ४३ नम्बरको ट्रकबाट बुधबार उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक चितवन कालिका नगरपालिका–१ का २८ वर्षीय तस्विर तामाङलाई पक्राउ गरेको छ । 

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्दा ती सामान फेला पारेको थियो । 

पक्राउ परेका तामाङ, बरामद सामान र ट्रकलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै