• २०८१ बैशाख १७ सोमबार

भारतमा कोरोनाको नयाँ भेरिएन्ट 'एक्सई' को पहिलो केस भेटियो

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । भारतमा कोरोनाको नयाँ भेरिएन्ट एक्सइ संक्रमणको पहिलो केस रिपोर्ट गरिएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार मुम्बईमा एक्सई संक्रमित एक केस पुष्टि भएको हो ।

मंगलबार मुम्बईमा २३० नमूनाहरू परीक्षण गरिएकोमा २२८  ओमिक्रोनबाट संक्रमित थिए भने एक संक्रमि एक्सई र एक काप्पा भेरिएन्ट संक्रमति रहेका थिए ।

एक्सई भेरिएन्टबाट संक्रमित व्यक्तिमा कुनै गम्भीर लक्षण भने देखिएको छैन । भारतमा ओमिक्रोन भेरिएन्टको प्रभाव डेल्टाको जस्तो देखिएको छैन । अहिले पनि भारतमा दैनिक झण्डै एक हजार कोरोना संक्रमणका घटनाहरु आइरहेका छन् । अहिलेसम्म भारतमा कुल मृत्यु हुनेको संख्या पाँच लाख २१ हजार नाघेको छ ।

के हो एक्सई भेरिएन्ट ?

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको नयाँ भेरिएन्ट एक्सई ओमिक्रोन भन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ । यो भेरिएन्ट ओमिक्रोन भन्दा ४३ प्रतिशत बढी संक्रामक रहेको डब्लुएचओले बताएको छ ।

यो भेरिएन्ट ओमिक्रोनको सबलाइनेजबिए-१ र बिए-२ मिलेर बनेको बताइएको छ ।

डब्ल्यूएचओले यस भेरियन्टको ट्रान्समिसनमा कुनै महत्वपूर्ण परिवर्तन नआएसम्म यसलाई ओमिक्रोनको भेरियन्ट मानिने जनाएको छ ।

यस भेरिएन्टको पहिलो केस बेलायतमा फेला परेको थियो । यस भेरिएन्टको पहिलो केस गत जनवरीमा बेलायतमा फेला परेको थियो । त्यसयता यस प्रकारका ६०० भन्दा बढी केसहरू फेला परेका छन् । यस बाहेक यो भेरियन्ट फ्रान्स, डेनमार्क र बेल्जियममा पनि पाइएको छ ।

युके हेल्थ प्रोटेक्शन एजेन्सीका अनुसार, एक्सई भेरियन्ट कति खतरनाक छ वा खोपले काम गर्छ कि गर्दैन भनेर जान्नको लागि पर्याप्त डाटा अहिलेसम्म उपलब्ध नभएको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै