• २०८१ बैशाख १७ सोमबार

बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट एरिसले जोखि बढाउदै

kharibot

काठमाडौँ । बेलायतमा फेरि एकपटक कोरोना भाइरसको जोखिम बढेको छ । यहाँ कोरोनाको नयाँ संस्करण एरिसले स्वास्थ्य विभागलाई चिन्तित बनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार एरिस संस्करणको वैज्ञानिक नाम EG.5.1 हो र यो ओमिक्रोनबाट उत्पन्न भएको हो ।

यो पहिलो पटक जुनमा बेलायतमा पत्ता लागेको थियो । त्यसयता दिनानुदिन नयाँ नयाँ केसहरु सार्वजनिक भइरहेका छन् । ३१ जुलाईमा यसलाई नयाँ भेरियन्टको रूपमा वर्गीकृत गरिएको थियो ।

युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार EG.5.1 ले प्रत्येक सात नयाँ कोविड मामिलाहरू मध्ये एकको कारण बनिरहेको छ । एसियामा बढ्दो केसका कारण बेलायतमा यसको केस बढेको छ। यद्यपि, युके हेल्थले एशियाका कतिवटा देशहरूमा नयाँ संस्करण एरिस मामिलाहरू रिपोर्ट गरेका छन् भनेर बताएको छैन ।

विश्व स्वास्थ्य संगठनका प्रमुख विश्व स्वास्थ्य संगठनले दुई साताअघि EG.5.1 संस्करणको अनुगमन सुरु गरेको थियो । डब्लुएचओका प्रमुख टेड्रोस एडनोम गेब्रियसले भने– खोपका कारण मानिसहरु एकदमै सुरक्षित छन्, तर कुनै पनि देशले कोरोनाविरुद्धको लडाइ र सतर्कतालाई कम गर्नु हुँदैन ।'

युके हेल्थको रेस्पिरेटरी डाटामार्ट प्रणालीबाट रिपोर्ट गरिएका ४ हजार ३९६ नमूनामध्ये ५.४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । जबकि पछिल्लो पटक रिपोर्ट गरिएका ४ हजार ४०३ नमूनामध्ये ३.७ प्रतिशत मात्रै कोरोना संक्रमित भेटिएका थिए ।

योसँगै अस्पताल भर्ना दर पनि बढेको छ । पछिल्लो तथ्यांकले प्रति एक लाख जनसंख्यामा १.९७ प्रतिशत कोभिड बिरामी अस्पतालमा भर्ना भएको देखाएको छ । पछिल्लो युके हेल्थ रिपोर्ट मा दर १.१७ प्रतिशत थियो ।

युकेएचएसएकी डा मेरी रामसेले भनिन्– हामीले यो साता कोभिड–१९ का घटनामा वृद्धि भएको देखेका छौं । संक्रमितमध्ये अधिकांश वृद्धवृद्धा छन् । हामी सबै कुरालाई नजिकबाट हेरिरहेका छौं । युके हेल्थले ३ जुलाई २०२३ मा होराइजन स्क्यानिङको क्रममा EG.5.1 भेरियन्टबाट हामीले सामना गर्न सक्ने खतराको सङ्केत पायौं । त्यसैबेलादेखि हामीले नियाल्न थाल्यौं ।

३ जुलाईमा यसलाई निगरानी संकेतको रूपमा हेरिएको थियो, तर बेलायतमा बढ्दो जीनोमहरूको संख्या र सबै देशहरूमा यसको बढ्दो गतिका कारण, यसलाई ३१ जुलाई २०२३ मा भेरिएन्ट V-23JUL-01 को रूपमा वर्गीकृत गरिएको थियो । तर, यसको लक्षण भने अहिलेसम्म खुलाइएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै