• २०८१ बैशाख २३ आइतबार

पेमाले स्थापना गरिन्- खेलाडी सम्मानका लागि अक्षयकोष

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्य तथा पूर्वखेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरूको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छन् ।

एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिवसमेत रेहेकी पेम्बाले आफूले विभिन्न प्रतियोगिताका दौरान प्राप्त भत्ता तथा अन्य रकममा थप गरी तीन लाख बराबरको अक्षय कोष स्थापना गरेकी हुन् । उनले याे रकमबाट वार्षिक रूपमा ब्याजबापत प्राप्त रकम हरेक वर्ष महिला दिवस (मार्च ८ ) का दिन एकजना पुराना वा नयाँ महिला खेलाडीहरुलाई पुरस्कृत गर्ने जनाएकी छन् । 

यसका लागि उनले एक छनाेट समिति निर्माण गर्ने र उक्त समितिको सिफारिसमा पुरस्कृत गर्नेसमेत जनाएकी छन् । यसरी सम्मान गर्नुको मुख्य उद्देश्य पुराना महिला खेलाडीहरूले फुटबल विकासमा पुर्‍याएको योगदानको कदर र नयाँ खेलाडीहरूलाई फुटबल खेलप्रति हौसला प्रदान गर्दै प्रोत्साहित गर्नु रहेको उनकाे भनाइ छ ।

लामाले आउँदा दिनमा यस अक्षय कोषमा रकम थप गर्दै जानेसमेत जानकारी गराइन् । दुई दशकदेखि फुटबलमा सक्रिय उनी सहायक रेफ्री र रेफ्री इन्स्ट्रक्टरसमेत रहिसकेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै