• २०८१ बैशाख २३ आइतबार

नारी सञ्चार गृहको अक्षयकोषमा १३ लाख

kharibot

झापा । मोफसलमै पहिलोपटक पत्रकार महिलाको छाता सङ्गठनका रुपमा स्थापना गरिएको नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा रु १३ लाख जम्मा भएको छ ।

पत्रकारिता पेशामा महिला पत्रकारलाई प्रोत्साहन गर्नका लागि पुरस्कार र उनीहरुको क्षमता अभिवृद्धि गरी राष्ट्रियस्तरका मिडियामा स्थापित गराउने उद्देश्यले स्थापना गरिएको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ मा विभिन्न सङ्घसंस्था र सामाजिक व्यक्तित्वले सो रकम सहयोग गरेका हुन् ।

विसं २०६९ मा स्थापना भएको संस्थाले २०७५ भदौमा रु २५ लाखको अक्षयकोष स्थापना गरेको हो । पन्ध्र स्थानीय तह रहेको जिल्लामा अधिकांश पालिकाले समेत अक्षयकोष वृद्धिका लागि सहयोग गर्दैै आएका छन् । महिला लहडका भरमा पत्रकारितामा आउने र छिट्टै पलायन हुने स्थितिलाई रोक्न अक्षयकोषले सहयोग गर्ने नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले बताइन् ।

पछिल्लो समय पत्रकार र सामाजिक व्यक्तित्वले समेत आफ्नो र विशेष व्यक्तिको जन्मदिन, विवाहको रकम समेत बचाएर अक्षयकोषलाई सहयोग गर्दै आएका छन् । हाल झापामा मात्र लक्षित गरेर स्थापना गरेको संस्थालाई प्रदेश नम्बर १ का १४ वटै जिल्लामा विस्तार गर्ने तयारी भइरहेको अध्यक्ष शिवाकोटीले बताइन् । प्रदेश नम्बर १ मात्र २०० बढी पत्रकार महिला सक्रिय रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै