• २०८१ बैशाख २३ आइतबार

बाआमाका नाममा रु एक लाख अक्षयकोष

kharibot

म्याग्दी । रघुगंगा गाउँपालिका–२ का एक व्यक्तिले आफ्ना बुबाआमाका नाममा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । 

पखटोल निवासी लेठबहादुर खत्रीले सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा बुबा पूर्णबहादुर र आमा भीमकुमारीका स्मृतिमा एक लाख १११ को कोष स्थापना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि खत्री र प्रअ तोरणबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन् । कोषबाट प्राप्त ब्याजबाट विद्यालयमा पढ्ने जेहन्दार विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति वितरण गरिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै