• २०८१ जेठ ४ शुक्रबार

पूर्वमुख्यसचिव पौडेलद्वारा स्वास्थ्यसामग्री वितरण

kharibot

गुल्मी ।सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेलले  गुल्मीका विभिन्न पालिकामा स्वास्थ्य सामग्री वितरण गरेका छन् । उनले विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई कोभिड–१९ विरुद्ध माक्स, अक्सिजन कन्सनटेटरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो । 

यसक्रममा उनले आफ्नो जन्मस्थल रुरुक्षेत्र गाउँपालिकाका सबै माध्यमिक विद्यालयका लागि ती सामग्री वितरण गरेका छन् । यही फागुन १ गतेदेखि ४ गतेसम्म विद्यालय एवं त्यसभन्दा पछाडी स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्यम्सेविकालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

 गाउँपालिकाका आठ विद्यालयका लागि दुई/दुई हजारका दरले माक्स र छ वटा स्वास्थ्य संस्थाका लागि एक/एकवटा अक्सिजन कन्सनटेटर उनले प्रदान गरेका छन् । त्यस्तै मुसिकोटको बडागाउँ स्वास्थ्य चौकीको लागि एक थान अक्सिजन कन्सनटेटर र छत्रकोटको आत्मबोध मावि र जनता माविको लागि दुई÷दुई हजार माक्स उपलब्ध गराइएको थियो ।  
त्यस्तै रेसुङ्गा बुहुमुखी क्याम्पस, मुसिकोट र मदानेका विभिन्न विद्यालयको लागि पनि १० हजार माक्स वितरण गरिने जनाइएको छ । 

पूर्व मुख्यसचिव पौडेलले यसभन्दा अगाडि पनि जिल्लाका विभिन्न संस्थाको लागि स्वास्थ्य सामग्री वितरण गरेका थिए । चीनको छहार केन्द्रमार्फत नेपाललाई प्राप्त १० लाख माक्समध्ये उनले एक लाख माक्स जिल्लाको लागि ल्याएको जनाइएको छ  । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै