• २०८१ बैशाख १७ सोमबार

६-६ महिनामा पालै पालो देश बदलिने ऐतिहासिक द्विप  

kharibot

स्पेनतिरबाट देखिने फेसेन्ट आइल्याण्ड

काठमाडौँ । फेसेन्ट आइल्याण्ड हरेक बर्षको ६ महिना स्पेन र ६ महिना फ्रान्सले राज गर्ने विश्वको एक एकमात्र यस्तो आइल्याण्ड हो । यो परम्परा करिब ३५० बर्षदेखि जारी छ । हरेक सालको फेब्रुअरी देखि जुलाईसम्म यँहा स्पेनले शासन गर्छ भने अगस्तदेखि जनवरीसम्म फ्रान्सले शासन गर्ने गर्दछ ।

एउटा लामो युद्ध पछि स्पेन र फ्रान्सले शान्तिवार्ता गरेर सम्झौता भयो । सम्झौतासँगै फ्रान्सका तत्कालिन राजा किंग लुइस १६औ ले स्पेनका राजा फिलिप चौथोकी छोरीसँग विवाह गरेका थिए । 

अहिले यस द्विपमा दुवै देशका नौसेना कमाण्डरले राज्यपालको रुपमा कम गर्ने गर्दछन । २ सय मिटर लामो र ४० मिटर चौडाई भएको सानो द्विपको ऐतिहासिक महत्वका बारेमा अहिले युवा वर्गमा कुनै जानकारी नभएको बताइन्छ तर अलि बुज्रुकहरुले भने यसलाई रुची पुर्वक हेर्ने गरेको  बताईन्छ । 

अहिले पछिल्ला दिनहरुमा यो द्विपको संरक्षण हुन् नसकेको गुनासो बढेको छ । यसलाई जोगाउन स्पेन र फ्रान्सले पैसा खर्च नगरेको आरोप लगाइएको छ । यसको क्षेत्रफ़ल पनि विस्तारै कटानका कारण कम हुदै गएकोमा ऐतिहासिकविदहरु चिन्तित हुदै गएका बताईन्छ ।

फेब्रुअरी एक बाट स्पेनले यँहाको शासन आफ्नो हातमा लिएको भएपनि कुनै औपचारिक समारोह बिना नै सत्ता हस्तान्तरण गरिएको छ । अब स्पेनले जुलाईसम्म यसलाई आफ्नो नियन्त्रणमा राख्ने छ भने अगस्त एक देखि फेरी फ्रान्सले लिने छ । 

-एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै