• २०८१ बैशाख १४ शुक्रबार

५८ प्रतिशतले बढ्यो साताको सेयर कारोबार

kharibot

साताका प्रमुख सेयर सूचकाङ्कहरु ।

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १९ हजार एक सय ३३ कारोबारबाट एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँबराबरका ५० लाख ५९ हजार नौ सय ३० कित्ता सेयरहरु खरिदबिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ७४ प्रतिशत बढी हो । गत साता एक सय ७० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १२ हजार सात २८ कारोबारबाट एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार छ सय कित्ता सेयरहरु खरिदबिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ८६ अंकले बढेर अन्तिम दिन १४ सय चार दशमलव ५३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले  बढेर दुुई सय ९६ दशमलव ४१ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम १६ करोड सात लाख ६० हजार रुपैयाँको आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या छ लाख १५ हजार कित्ताको आधारमा ग्लोबल आइएमइ बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या सात सय ७६ वटाको आधारमा फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सुचीकरण तर्फ भने यो साता दुुई वटा कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सुचीकृत भएको छ । 

कारोबार रकमका आधारमा यो साता सानिमा माई हाइड्रोपावर, ग्लोबल आईएमई बैंक संस्थापक, नबिल बैंक, फष्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट, नेको इन्स्योरेन्स उत्कृष्ट पाँच कम्पनीहरु उत्कृष्ट ठहरिएका छन् ।

त्यस्तै यो साता सूचीकरणतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस ६५६२५० कित्ता, ओम डेभलपमेन्ट बैंक लि.को हकप्रद ४९३१८३५ कित्ता सेयर सूचीकृत भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै