काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले डिपोर्टिभो लाकुरानामाथि गोलको वर्षा गरेको छ ।
गएराती भएको खेलमा रियल म्याड्रिडले डिपोर्टिभोलाई ७-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडका लागि ग्यारेथ बेल, क्रिस्टियानो रोनाल्डो र नाचोले २-२ गोल गरेका थिए भने लुका मोड्रीचले एक गोल गरेका थिए ।
डिपोर्टिभोका लागि एक गोल अड्रीयानोले गरेका थिए ।
बार्सिलोना र भिल्ला रियलसँग पराजित भएर ला लिगामा पाचौ स्थानमा पुगेको रियल यो जितपछि चौथो स्थानामा उक्लिएको छ ।
रियल म्याड्रिडले ला लिगामा १९ खेलमा ३५ अंक सहित शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १९ अंकले पछाडी रहेको छ ।
ला लिगामा यस खेलपछि ग्यारेथ बेल र रोनाल्डोले ६-६ गोल गर्दै रियलको तर्फबाट धेरै गोल गर्ने खेलाडीको सुचिमा अगाडी रहेका छन् ।