• २०८१ बैशाख १४ शुक्रबार

ग्रीजम्यान भित्राउने दौडमा रियल म्याड्रिड पनि आयो, बार्सिलोनाले भन्यो,’कुरा भएको छैन’  

kharibot

काठमाडौँ ।  स्पेनिस ला लिगाको महारथी बार्सिलोनाले एन्टोनी ग्रीजम्यानसँग ट्रान्सफरका विषयमा कुनै कुरा नभएको स्पष्ट पारेको छ । 

स्पेनिस मिडियाले ग्रीजम्यान बर्सिलोनाउने तय भइसकेको रिपोर्ट प्रकासित गरेपछि क्लबले यस विषयमा प्रष्ट पार्दै एक विज्ञप्ति मार्फत अहिलेसम्म यस विषयमा कुनै कुरा अगाडी नबढेको प्रष्ट्याएको छ ।

बार्सिलोनाले एथलेटिको क्लबलाई सम्मान गर्ने भन्दै मिडियामा आएका रिपोर्टहरु सहि नभएको बताएको छ ।

स्पेनमा फिलिप कोन्टिन्हो भित्राएपछि बार्सिलोना अब ग्रीजम्यानलाई भित्राउन प्रयासरत रहेको बताइएको छ । यँहासम्मकी कोन्टिन्होलाई १४ नम्बर जर्सी दिएर जर्सी नम्बर ७ ग्रीजम्यानका लागि खालि राखिएको बताइएको थियो । 

अहिले ग्रीजम्यानलाई भित्राउन बार्सिलोना र म्यानचेस्टर युनाइटेडले इच्छा देखाएको रिपोर्ट बाहिर आएअनि पछिल्लो समय रियल म्याड्रिड पनि यस दौडमा सामेल भएको रिपोर्ट बाहिरिएको छ ।

आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोसँग विवाद बढेपछि रियलले ग्रीजम्यान, चेल्सीका हजार्ड, टोटनह्यामका ह्यारी केन जस्ता खेलाडीलाई भित्राउन प्रयास गरिरहेको रिपोर्ट बाहिर आएको छ । 

रियलले यस सिजनको अन्त्यसम्म ग्रीजम्यानलाई भित्राउन तयारी गरेको स्पेनिस मिडिया डायरियो गोलले उल्लेख गरेको छ । 

यता रियल म्याड्रिडबाट ग्यारेथ बेल पनि यसै सिजनको अन्त्यसम्म प्रिमियर लिगमा फर्किने सम्भावना बढेको छ । बेलका लागि म्यानचेस्टर युनाइटेड र लिभरपुलले इच्छा देखाएका छन् ।

रियल म्याड्रिडले ला लिगामा यस सिजनमा राम्रो प्रदर्शन गर्न नसकेपछि क्लब र प्रमुख खेलाडीअह्रुलाई दबाब बढेको छ । रोनाल्डोले रियल छोड्ने इच्छा व्यक्त गरेको रिपोर्ट आइरहेका बेला क्लबले रोनाल्डोलाई रियल छोड्न सक्ने बताएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।   
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै