• २०८१ बैशाख २५ मंगलबार

ग्रीजम्यानको ह्याट्रिकमा एटलेटिको म्याड्रिड विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यानले ह्याट्रिक गरेका थिए । उनले खेलको २९औं, ६४औँ र ७०औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

यस खेलमा इभान भिल्लारले खेलको २५औं मिनेटमा रातो कार्ड पाएपछि सेल्टा भिगो १० खेलाडीमा समिति भएको थियो ।

यो जितपछि एटलेटिको म्याड्रिडको ९ खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको भने १० खेलमा ६ अंक भएको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै