• २०८१ बैशाख २५ मंगलबार

ग्रीजम्यानको गोलमा एटलेटिको म्याड्रिड विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले एथलेटिक क्लबलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले एथलेटिक क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा एटलेटिकोका एन्टोनी ग्रीजम्यानले खेलको ७३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि एटलेटिको म्याड्रिडको २२ खेलमा ४१ अंक भएको छ र लिगमा चौथ स्थानमा रहेको छ ।

त्यस्तै एथलेटिक क्लबको २२ खेलमा ३२ अंक छ र लिगमा सातौं स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै