• २०८१ बैशाख २४ सोमबार

ग्रीजम्यानको दुई गोलमा एटलेटिको म्याड्रिड विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले अल्मेरियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले अल्मेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यानले दुई गोल गरेका थिए । ग्रीजम्यानले खेलको पाँचौं र ४३औं मिनेटमा गोल गरेका थिए । त्यस्तै अल्मेरियाका लागि खेलको ३७औं मिनेटमा लिओ बाप्टिसाटाओले एक गोल फर्काएका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको २९ खेलमा ६० अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी अल्मेरियाको भने २९ खेलमा ३० अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै