• २०८१ बैशाख २५ मंगलबार

ग्रीजम्यानको दुई गोलमा एटलेटिको म्याड्रिड विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । 

आइतबार सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यानले दुवै गोल गरेका थिए ।  ग्रीजम्यानले खेलको ५४औं र ७१औं मिनेटमा गोल गरेका थिए । 

त्यस्तै रियल बेटिसका लागि नाबिल फेकिरले गोल गरेका थिए । 

यो जितपछि एटलेटिको म्याड्रिडको ११ खेलमा २३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै रियल बेटिसको ११ खेलमा २० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै