• २०८१ बैशाख २४ सोमबार

ग्रीजम्यानको गोलमा एटलेटिको म्याड्रिड विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले मल्लोर्कामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा खेलको ६४औँ मिनेटमा एन्टोनी ग्रीजम्यानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि एटलेटिको म्याड्रिडको १३ खेलमा ३१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । एटलेटिको शिर्ष स्थानमा रहेको गिरोनाभन्दा ३ अंकले पछाडी छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा एक अंकले पछाडी रहेको छ ।

त्यसैगरी मल्लोर्काको १३ खेलमा ९ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।            

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै