काठमाडौँ । बार्सिलोना कोपा डेल रे को पहिलो लिगमा एस्पेनीयोलसँग पराजित भएको छ ।
गत अगस्तदेखि अपराजित रहेको बार्सिलोना पहिलो पटक हार बेहोरेको छ । यस खेलमा स्टार खेलाडी लियोनेल मेसीले पेनाल्टी मिस गरेका थिए । खेलको ६२ औ मिनेटमा मेसीले पाएको पेनाल्टी एस्पेनीयोलका किपरले बचाएका थिए । भने अघि एस्पेनीयोलका डिएगो लोपेजले पनि पेनाल्टी मिस गरेका थिए ।
एस्पेनीयोलका लागि निर्णायक गोल सब्स्टिच्युटको रुपमा आएका ओस्कार मेलेनडोले खेलको ८८औ मिनेटमा गरेका थिए ।
मेसीले यस सिजनमा ला लिगा खेल्ने खेलाडीमा सबै भन्दा धेरै पेनाल्टी मिस गरेका छन् । उनले ६ पेनाल्टीमा ३ पेनाल्टीलाई गोलमा परिणत गर्न असफल भएका छन् ।
यस खेलमा बार्सिलोनाका गोल किपरलाई जास्पर सिल्लेस्सेनलाई दर्शकले हान्दा अनुहारमा चोट लागेको थियो ।
यो खेलपछि बार्सिलोनाको २९ खेलमा रहेओ अपराजित यात्रा टुंगिएको छ । कोपा डेल रे को क्वाटरफाइनलको दोस्रो लिग जनवरी २६ मा हुने छ ।