• २०८१ बैशाख १६ आइतबार

रियल म्याड्रिडले जित्यो कोपा डेल रे को उपाधि

kharibot

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस कोपा डेल रे को उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा ओसासुनालाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको कोपा डेल रे को उपाधि जितेको हो ।

रियल म्याड्रिडको जितमा दुवै गोल रोड्रीगोले गरेका थिए । उनले खेलको दोस्रो र ७०औ मिनेटमा गोल गरेका थिए ।त्यस्तै ओसासुनाका लागि लुकास टोरोले एक गोल फर्काएका थिए ।

रियल म्याड्रिडले २०१३-१४ सिजनपछि पहिलो पटक कोपा डेल रे को उपाधि जितेको हो । यो सहित रियल म्याड्रिडले २०औं पटक यो उपाधि जितेको छ । कोपा डेल रे को उपाधि सबैभन्दा बढी ३१ पटक बार्सिलोनाले जितेको छ भने २३ पटक एटलेटिको म्याड्रिडले जितेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय