काठमाडौँ । क्रिस्टियानो रोनाल्डो कोपा डेल रेको खेल अघि एक रेस्टुरेन्ट बाहिर आफ्नो अनुहार छोपेको अवस्थामा भेटिएका छन् ।
नुमान्सियाविरुद्धको खेल अघि रियलका स्टार खेलाडी रोनाल्डो आफ्नो अनुहारलाई कालो स्कापले छोपेर आफ्ना फ्यानहरुसँग लुक्ने प्रयास गरेका थिए । रोनाल्डोले मुख छोपे पनि उनलाई फ्यानहरुले चिनेर पछ्याएका थिए ।
पछिल्लो ला लिगाको खेलमा बराबरीमा रोकिएपछि चर्को आलोचना खेपेको रियल टिमले बुधबार राति कोपा डेल रेको अन्तिम १६ को दोस्रो लिगमा रोनाल्डोलाई आराम दिइएको थियो । नुमान्सियाविरुद्धको पहिलो लिगमा पनि रोनाल्डोलाई आराम दिइएको थियो ।
३२ बर्षिय रोनाल्डो ला लिगामा यस सिजनमा लयमा फर्किन संघर्ष गरिरहेका छन् । लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १६ अंकले पछाडी रहेको रियलका लागि ला लिगामा रोनाल्डोले केबल ४ गोल गरेका छन् ।