काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।
हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमालेले समानुपातिकमा ९ लाख मत कटाएको छ ।
माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने विवेकशील पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै राजपा सातौ र नयाँ शक्ति अठौ स्थानमा रहेको छ । त्यस्तै जनमोर्चा नवौ र राप्रपा प्रजातान्त्रिक दशौ स्थानमा रहेका छन् ।
मंगलबार बिहान ७ बजेसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
१. नेकपा एमाले- ९४०६८६
२. नेपाली कांग्रेस- ८८१७५९
३. माओवादी केन्द्र – ३८६२७९
४. फोरम – ६५४२९
५. विवेकशील – ५३७२५
६. राप्रपा – ४८५२५
७. राजपा- ४२५९६
८. नयाँ शक्ति – ३११४१
९. जनमोर्चा – २४२८६
९. राप्रपा प्रजातान्त्रिक -१९४१२