काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पाँचौं पटक बालोन डी ओर अवार्ड जितेका छन् ।
रोनाल्डोले पाँचौ पटक यो उपाधि जित्दै आफ्ना प्रतिद्वन्दी लियोनेल मेसीसँग बराबरीसमेत गरेका छन् ।
३२ वर्षीय स्ट्राइकर रोनाल्डोको उत्किष्ट प्रदर्शनले अघिल्लो सिजन रियल म्याड्रिडले घरेलु लिग ला लिगा साथै युरोपियन क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने आफ्नो देश पोर्चुगललाई युरो कप जिताउन पनि उनको महत्वपूर्ण भूमिका थियो ।
बालोन डि ओर अवार्ड फ्रान्सेली फुटबल म्यागेजिन हरेक वर्ष प्रदान गर्छ । अघिल्लो बर्षसम्म फिफा र फ्रान्सेली फुटबलले संयुक्त रुपमा प्रदान गर्ने यस अवार्डबाट फिफा अलग्गिएको छ ।
यस अवार्डको प्रमुख प्रतिष्पर्धी रहेका अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलियन नेइमार दोस्रो स्थानमा रहेका छन् । विश्वभरका १७५ खेल पत्रकारले मतदान गरेर दिईएको यस अवार्डको चौथो स्थानमा इटालीका गोलकिपर बुफान रहेभने पाचौ स्थानमा क्रोसियाका रियल म्याड्रिडबाट खेल्ने लुका मोडरिच, छैठौ स्थानमा रियलकै सर्जियो रामोस, सातौ स्थानमा किलियन एम्बाप्पे, अठौ स्थानाम एन गोलो कन्टे, नवौ स्थानाम रोबर्ट लेवानडोस्की र दशौ स्थानमा टोटनह्यामका ह्यारी केन रहेका छन् ।
अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै रोनाल्डोले भने-‘यस्तो उपलब्धी म हरेक वर्ष हासिल गर्न चाहन्छु । रियल मडि्रडका टिममेटलाई धेरै धन्यबाद र मलाई यस स्तरमा पुर्याउन सहयोग गर्ने हरेकलाई धन्यबाद ।’