• २०८१ बैशाख १५ शनिबार

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । हाल युइएफए नेसन्स लिग खेल्न पोर्चुगलको राष्ट्रिय टिमसँग रहेका रोनाल्डोलाई कोरोना संक्रमण भएको पोर्चुगलको फुटबल फेडेरेसनले जानकारी दिएको छ ।

कोरोना पोजेटिभ देखिएसँगै रोनाल्डोले आफुलाई दुई साताका लागे क्वारेन्टाइन गरेको फेडेरेसनले बताएको छ ।

साथै रोनाल्डोलाई कुनै लक्षण नभएको र उनी आइसोलेसनमा रहेको बताइएको छ ।

कोरोना पोजेटिभ भएसँगै रोनाल्डोले नेसन्स लिग अन्तर्गत स्विडेनविरुद्धको खेल गुमाएका छन् । पोर्चुगलले विहिबार राति स्विडेनसँग खेल्ने तालिका रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै