• २०८१ बैशाख १५ शनिबार

इन्स्टाग्रामको रिच लिष्टमा क्रिस्टियानो रोनाल्डो सबैभन्दा अगाडी, अरु को को छन् ?

kharibot

काठमाडौँ । सामाजिक संजाल आफ्ना कुरा सेयर गर्ने मात्र होइन आयको राम्रो स्रोत समेत बन्ने गर्दछ । सामाजिक संजाल इन्स्टाग्राममा सेलिब्रेटीहरुले प्रति पोष्ट प्रमोशनको करोडौं रुपैया लिने गरेका हुन्छन् । उनीहरुको फलोअर संख्या र लोकप्रियताको आधारमा रेट तय हुने बताईन्छ ।

यसैबीच इन्स्टाग्राममा हुने बिजिनेसको अध्ययन गर्ने होपर एचक्यू डट कमले २०२१ को इन्स्टाग्राम रिच लिष्ट सार्बजनिक गरेको छ ।

जसमा सबैभन्दा माथि फुटबलर क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोको हाल इन्स्टाग्राममा सबैभन्दा बढी २९ करोड ६० लाख फलोअर रहेका छन्  । उनले इन्स्टाग्राममा प्रति पोष्ट प्रमोशनको हाल १६ लाख डलर लिने गरेको होपर एचक्यू डट कमले उल्लेख गरेको छ  । 

त्यस्तै यस सूचीमा दोस्रो स्थानमा हलिवुड अभिनेता द र्क उपनामले चिनिने डवाने जोनसन रहेका छन् । उनका इन्स्टाग्राममा २४ करोड २१ लाख फलोअर रहेका छन् । उनले प्रति पोष्ट प्रमोशनको १५ लाख २३ हजार डलर लिने गर्दछनन् ।

त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा अमेरिकी गायिका तथा सेलिब्रेटी एरियाना ग्राण्डे रहेकी छन् । उनको इन्स्टाग्राममा २४ करोड फलोअर रहेका छन् भने उनले प्रति पोष्ट प्रमोशन १५ लाख १० हजार डलर लिने गर्दछिन् । त्यस्तौ यस सूचीमा चुअठो स्थानमा अमेरिकन मोडल काइल जेनर रहेकी छन् ।  उनका इन्स्टाग्राममा २३ करोड ७६ लाख फलोअर् छन् भने उनले प्रति पोष्ट प्रमोशनको करिब १५ लाख डलर लिने गर्दछिन । 

त्यस्तै यस सूचीमा पाँचौ स्थानमा हलिवुड गायिका सलिना गोमेज रहेकी छन् । उनका इन्स्टाग्राममा २३ करोड ३४ लाख फलोअर छन भने उनले प्रति पोष्ट प्रमोशन गरेको १४ लाख ६८ हजार लिने गर्दछिन् ।

त्यस्तै यस सूचीमा छैठौ स्थानमा सेलिब्रेटी किम कार्दशियन, सथौ स्थानमा फुटबलर लियोनेल मेसी, आठौ स्थानमा गायिका बियोन्से, नवौ स्थानमा गायक जस्टिन बिबर र दशौ स्थानमा मोडल केन्डल जेनर रहेकी छन् ।

त्यस्तै छिमेकी मुलुक भारतबाट भने यस सूचीमा दुई जना रहेका छन् । क्रिकेटर विराट कोहली यस सूचीमा १९औ स्थानमा रहेका छन् । उनको इन्स्टाग्राममा एक करोड २५ लाख फलोअर रहेका छन् भने उनले प्रति पोष्ट प्रमोशनको ६ लाख ८० हजार डलर लिने गर्दछन् ।

त्यस्तै यस सुचिमा बलिवुडबाट भने अभिनेत्री प्रियंका चोपडा २७औ स्थानमा रहेकी छन् । उनका इन्स्टाग्राममा ६४ लाख फलोअर रहेका छन् भने उनले प्रति पोष्ट प्रमोशन ४ लाख डलर लिने गर्दछिन् ।

इन्स्टाग्राम रिच लिष्टको पुरा सूची यस लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।
                  
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै