• २०८१ बैशाख १५ शनिबार

ओरालो लाग्यो सेयर बजार, ९२ करोडको मात्र कारोबार

kharibot

फाइल तस्विर

काठमाडौँ ।  धितोपत्र बजारमा आज सेयर कारोबार ओरालो लागेको छ । 

नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ६५३.९० बिन्दुमा पुगेको छ । ठूला कम्पनीका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.८५ बिन्दुले घटेर ३४७.१२ बिन्दुमा पुगेको छ । 

कुल १६१ कम्पनीको २० लाख १० हजार ४४७ कित्ता शेयर रु ९२ करोड ७९ लाख ३० हजार २३९ मूल्यमा कारोबार भएको हो । वित्त क्षेत्र र उत्पादनमूलक समूहको शेयर मात्रै उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका हुन् । 

वित्त क्षेत्र १.२१ र उत्पादन समूहको शेयर १२.३४ बिन्दुले उकालो लाग्दा बैंकिङ ९.०२, होटल १३.४५, विकास बैंक ११.६, जलविद्युत् ६.३७, बीमा १६.०६ र अन्य समूह ३.७६ बिन्दुले घटेको छ । बुधबारसमेत बजार ओरोलो लागेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय