काठमाडौँ । स्पेनिस ला लिगामा दोस्रो स्थानमा रहेको भ्यालेन्सिया पराजित भएको छ ।
आइतबार भएको खेलमा भ्यालेन्सिया गेटाफेसँग १-० गोल अन्तरले पराजित भएको हो । अघिल्लो साता बार्सिलोनालाई १-१ गोल अन्तरले रोकेको भ्यालेन्सिया यस खेलमा पारजित भएपछि लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाले ५ अंकको स्पष्ट अग्रता हासिल गरेको छ ।
यस खेलमा गेटाफेका बेरगाराले खेलको ६६औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए ।
यो हार पछि भ्यालेन्सियाको १४ खेलमा ३१ अंक भएको छ । भ्यालेन्सिया लिगको दोस्रो स्थानमा रहेको छ भने एथलेटिको म्याड्रिड ३० अंक सहित तेस्रो र रियल म्याड्रिड २८ अंक सहित चौथो स्थानमा रहेको छ ।
त्यस्तै गेटाफे १४ खेलमा १९ अंकसहित लिगको ८औ स्थानमा रहेको छ ।