• २०८१ बैशाख १७ सोमबार

पूर्वएआइजी गणेशराज राईले पनि छोडे नयाँ शक्ति 

kharibot

काठमाडौं । नयाँशक्ति पार्टीका नेता पूर्वएआइजी गणेशराज राईले पार्टी छोडेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले नयाँ शक्ति पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन् ।

अहिले नयाँ शक्ति छाडे पनि नागरिकका रुपमा देशका लागि आफुले भूमिका खेल्ने राईको भनाइ छ ।

राजनीतिमा अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ भन्दै नयाँशक्ति पार्टीमा विधिको शासन हुनुपर्छ, नेताहरु पनि प्रणालीमा चल्नुपर्छ भन्ने मान्यता स्थापित गर्न नसकेपछि राजनीतिबाट अलग्गिने निर्णय गरेका छन् । 

पूर्वएआइजी राई ट्राफिक प्रहरी प्रमुख भएका बेला काठमाडौंको सडक विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै