• २०८१ बैशाख १६ आइतबार

तत्कालीन नयाँ शक्तिको असन्तुष्ट समुह नेकपामा प्रवेश

kharibot

काठमाडौं । समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

त्यस्तै तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघकी अध्यक्ष मनु हुमागाईंसहित गुणाखर बस्याललगायतका नेताहरु नेकपामा प्रवेश गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेपछि यो समूह असन्तुष्ट थियो । एकता गर्दा छलफल नगरिएको र उचित जिम्मवारी नदिएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै