• २०८१ बैशाख १६ आइतबार

नेकपा प्रवेश गर्न लागेकी हुमागाईंलाई नयाँ शक्तिको कारबाही

kharibot

काठमाडौँ । तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले मनु हुमागाईंलाई महिला शक्ति महासंघको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको छ ।

उनले  संगठनलाई नोक्सान पुर्‍याउने गतिविधि गरेकोले शुक्रबार बसेको महिला शक्ति महासंघको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

साथै बैठकले महिला शक्ति महासंघको संयोजकमा सर्वसम्मत रुपमा भगवती सुवेदीलाई चयन गरेको छ । 

बैठक महिला शक्ति महासंघकी इन्चार्ज हिसिला यमीको उपस्थितिमा आज काठमाडौंमा बसेको थियो । हुमागाई आज देबेन्द्र पराजुली, कल्पना धमलासँग नेकपा प्रवेश गर्दै छिन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै