• २०८१ बैशाख १६ आइतबार

बन्यो समाजवादी पार्टी :  यस्ता छन् ९ बुँदे आधारपत्र र २५ सदस्यीय पदाधिकारी 

kharibot

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमबाट दुई पार्टीले एकताको घोषणा गरेका हुन् ।

दुई पार्टीको एकता पछि नयाँ पार्टीको नाम 'समाजवादी पार्टी नेपाल' राखिएको छ ।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । एकतापछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ पार्टीको अध्यक्ष रहनेछन् ।

'यो पार्टी हिमाल पहाड र मधेसलाई नेतृत्व गर्ने सक्षम पार्टी भएको' सहमति पत्रमा भनिएको छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच सहमतिको ९ बुँदे आधारपत्र :

पार्टीमा २५ सदस्यीय पदाधिकारी चयन गरिएको छ । जस अन्तर्गत डा.बाबुराम भट्टराई संघिय परिषद् अध्यक्ष र  उपेन्द्र यादव अध्यक्ष रहेका छन् । 

त्यस्तै अशोक राई पार्टीका वरिष्ठ नेता चयन भएका छन् भने राजेन्द्र श्रेष्ठ सह अध्यक्ष चयन भएका छन् ।

पार्टी उपाध्यक्षमा नमराज सुवेदी, लालबाबु राउत, हिशिला यमी, रेणु यादव, रकम चेम्जोङ, परशुराम खापुङ, युबराज कार्की र हेमराज राई चयन भएका छन् ।

त्यस्तै महासचिवमा गंगा नारायण श्रेष्ठ, रणधज कन्दघा र राम सहायक यादव चयन भएका छन् । त्यस्तै डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी पार्टीको उप-महसचिवमा चयन भएका छन् ।

त्यस्तै पार्टीको सचिवमा मोहमद इस्तियाक राई, दुर्गा सोब, विजय यादव, परशुराम बस्नेत र प्रशान्त सिंह चयन भएका छन् । अन्य २ जना सचिव पछि थपिने गरि सहमति भएको बताइएको छ । 

सो सहमति पत्रमा दुई पार्टीको एकताले नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको बताइएको छ । त्यस्तै समाजवादी पार्टीले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपतिक संसदमा आधारित शासन प्रणाली अपनाउने भएको छ।

पार्टीको लक्ष्य नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेदरहित, धर्मनिरपेक्ष, समृद्ध संघीय गण्तन्त्रात्मक राज्य व्यवस्था स्थापित गर्नु रहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै