काठमाडौँ । बार्सिलोनाका फुटबल निर्देशक राउल सन्ल्लेहिले बार्सिलोना छोडेर इङलिश प्रिमियर लिग क्लब आर्सनलमा नियुक्त भएका छन् ।
पछिल्लो १५ बर्ष बार्सिलोनामा फुटबल निर्देशक भएर काम गरेका राउलले अर्सनलमा आएको क्लबले मंगलबार जानकारी दिएको छ । राउलले आगमी सुक्रबार बार्सिलोना छोड्ने भनेको भए पनि चार दिन अगाडी नै लोना छोडेका छन् ।
राउलले बार्सिलोनामा लुइस स्वरेज र नेइमारलाई भित्राउने प्रमुख व्यक्तिका रुपमा चिनिन्छन् । उनले सन् २०११ मा नेइमारलाई बार्सिलोना भित्राउदा महत्वपूर्ण भूमिका खेलेका थिए ।
राउलले आर्सनलमा नयाँ खेलाडी भित्राउने र पुराना खेलाडीको व्यवस्थापनको जिम्मेवारी दिइने बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।