• २०८१ बैशाख १५ शनिबार

बार्सिलोनाका प्रशिक्षक जाभीलाई दुई खेलको प्रतिबन्ध

kharibot

काठमाडौँ । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नानडेजमाथि दुई खेलको प्रतिबन्ध लागेको छ ।

बार्सिलोनाको पछिल्लो एटलेटिको म्याड्रिडविरुद्धको खेलमा रेफ्रीसँग अनावश्यक विवाद गरेका कारण उनले रातो कार्ड पाएका थिए ।  सो खेल बार्सिलोनाले ३-० ले जितेको थियो । खेलको पहिलो हाफमा पहेलो कार्ड पाएका जाभीले रेफ्रीको निर्णयको विरोध गर्न नछोडेपछि केहि मिनेटमै रातो कार्ड पाएका थिए ।

सो रातो कार्डपछि ला लिगाको प्रतियोगिता कमिटीले उनलाई दुई खेलको प्रतिबन्ध लगाएको छ । साथै उनलाई ६ सय युरो जरिवाना समेत गरेको छ भने बार्सिलोनालाई ७ सय युरो जरिवाना गरेको छ ।

बार्सिलोनामा तीन बर्षको प्रशिक्षणका क्रममा उनले अहिलेसम्म २४ पहेलो कार्ड पाएका छन् । यो प्रतिबन्धपछि जाभीले ला लिगाको मार्च ३१ मा हुने लस पलमास र अप्रिल १४ मा हुने काडिजविरुद्धको खेलमा टचलाइनमा हुने छैनन् । अब उनी ला लिगामा अप्रिल २२ मा हुने रियल म्याड्रिडविरुद्धको एल क्लासिकोमा मात्र उपलब्ध हुने छन् ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै