• २०८१ बैशाख १७ सोमबार

बलिवुडमा तीन खानसँग काम गर्ने पाउने ‘भाग्यमानी’ कट्रिना 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री कट्रिना कैफ धेरै कम भाग्यमानी अभिनेत्री मध्ये परेकी छन् ।

बलिवुडका तीन खान आमिर खान, शाहरुख खान र सलमान खानसँग काम गर्ने धेरै कम अभिनेत्री मध्ये एक भएकी छन् । एक पछि अर्को गर्दै लगातर तीन खानस्नाग काम गर्ने पहिलो अभिनेत्री पनि बनेका छन् । पछिल्लो दुई दशक राज गरिरहेका तीन खानसँग एक पछि अर्को गर्दै काम गर्न पाउनु कट्रिनाको भाग्य बलियो रहेको चर्चा बलिवुडमा हुन् थालेको छ ।

कट्रिनाले सलमान खानसँग ‘टाइगर जिन्दा है’ नामको फिल्म अब रिलिजको क्रममा रहेको छ । आगामी डिसेम्बर २२ मा रिलिजका लागि तयार रहेको फिल्म अहिले ट्रेलरले नयाँ रेकर्ड बनाइरहेको छ । सलमानसँग यस अघि पनि ‘मैने प्यार क्यु किया’, पार्टनर, युवराज, एक था टाइगर जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

त्यस्तै कट्रिन ले शाहरुख खानसँग शिर्षक फाइनल नभएको एक फिल्ममा काम गरिरहेकी छन् । अनुष्का शर्माको समेत सो फिल्ममा कट्रिनाले रोमान्टिक भूमिकामा अभिनय गरेको बताइएको छ । कट्रिनाले यस अघि ‘जब तक है जान’ मा शाहरुखसँग काम गरिसकेकी छन् ।  

त्यस्तै कट्रिनाले अर्का खान आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा कम गरिरहेकी छन् । यस अघि स्ना २०१३ मा रिलिज भएको धुम-३ मा आमिरसँग सँगै काम गरेकी कट्रिनाले फेरी आमिरसँग यस फिल्ममा काम गर्न लागेकी हुन् । यस फिल्ममा अमिताभ बच्चनले पनि अभिनय गर्दैछन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै