• २०८१ बैशाख १४ शुक्रबार

मंगलग्रहमा जान भारतीयको तँछाडमछाड, एक लाख बढीले बुक गरे टिकट !

kharibot

दक्षिण एसिया । करिब एक लाख ३८ हजार ८ सय ९९ भारतीय नागरिक चाँडै मंगल ग्रहको यात्रामा निस्किने भएका छन् । उक्त संख्यामा भारतीय नागरिकले अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को इन्साइट मिसनको लागि रातो ग्रहमा जाने टिकट बुक गराएका हुन् ।

यो मिसन २०१८ मेमा लञ्च (प्रक्षेपण) हुनेछ । नासाले जो मानिसले आफ्नो नाम दिएको छ, उसलाई अनलाइन बोर्डिंग पास दिनेछ । उनीहरुलाई एउटा सिलिकन चिपमा इलेक्ट्रोन बीमको सहारामा उतारिनेछ । चिपमा लेखिएको अक्षर रौँको हजारौँ भागभन्दा पनि पातलो हुनेछ । यसपछि यो चिप मंगलग्रहमा पठाइनेछ । नासाको मंगल मिसनको लागि नाम पठाउनेमा धेरैजसो भारतीय छन् ।

यो मिसनको लागि नासालाई विश्वभरबाट कुल २४ लाख २९ हजार आठ सय सात आवेदन पठाइएको थियो । नासाको अनुसार बुधबारसम्म विश्वभरबाट नाम पठाउनेको सूचीमा भारत तेस्रो नम्बरमा रहेको थियो । सूचीमा पहिलो स्थान अमेरिकाको छ । अमेरिकाबाट ६ लाख ७६ हजार ७ सय ७३ मानिसले आफ्नो नाम मंगल मिसनको लागि पठाएका छन् । यसपछि चीनबाट २ लाख ६२ हजार ७ सय ५२ मानिसले मिसनको लागि रजिष्टर गराएका छन् । भारत तेस्रो नम्बरमा रहेको छ ।

अन्तरिष विशेषज्ञका अनुसार अमेरिकाका नागरिक बढी हुनुमा खासै महत्वपूर्ण छैन किनकि नासा नै अमेरिकी संस्था हो । तर चीनपछि भारत तेस्रो नम्बरमा रहनुचाहिँ महत्वपूर्ण रहेको बताइएको छ । यसले भारतीयहरुमा मंगल मिसन रुचिकर विषय बनेको देखाउँछ । त्यसमा पनि भारत र अमेरिकाबीच अन्तरिक्ष क्षेत्रमा बढी सहयोग रहँदै आएको छ ।

नासाको जेट प्रपल्सनका अनुसार मंगलमिसनमा जानेले नाम रजिष्टर गराउने समय गत हप्ता नै सकिइसकेको छ । नासाको यो मिसन २६ नोभेम्बर २०१८ मा मंगल ग्रहमा अवतरण गर्नेछ । यो ७२० दिनको मिसन हो जुन मिसनले मंगलग्रहमा आउने भूकम्पको बारेमा अध्ययन गर्ने र त्यहाँको आन्तरिक अवस्थाबारे जानकारी लिनेछ ।

  • नवभारत टाइम्सबाट ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै