• २०८१ बैशाख १६ आइतबार

मंगलग्रहमा उत्पादन भयो श्वास लिन योग्य अक्सिजन !

kharibot

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रहमा श्वास लिन योग्य अक्सिजन उत्पादन गरेको छ । हाल मंगलग्रहमा रहेको नासाको पेर्सिभेरेन्स रोवरले मंगलग्रहको वायुमण्डलमा रहेको कार्बनडाइअक्साइडलाई शुद्द गर्दै श्वास फेर्न मिल्ने अक्सिजन उत्पादन गरेको हो ।

नसाले कुनै दोस्रो ग्रहमा यस किसिमको सफलता पाएको पहिलो पटक भएको बताएको छ । यस सफलतापछि भविष्यमा मंगलग्रहमा मानवीय आवश्यकताको पुरा गर्नेतर्फ बाटो खुलेको विश्वास गरिएको छ ।

पृथ्वीबाट उडेको सात महिनापछि गत फेब्रुअरीमा मंगलग्रहमा सफलताका साथ उत्रिएको पेर्सिभेरेन्स रोवरले अभूतपूर्व खोज गरिरहेको छ । पेर्सिभेरेन्स रोवरको टोस्टर आकारको म्याक्सी उपकरणले ५ ग्राम अक्सिजन उत्पादन गरेको नासाले जानकारी दिएको छ ।

नासाले यति अक्सिजन एक अन्तरिक्ष यात्रीले १० मिनेटसम्म श्वास लिन सक्ने बराबरको भएको बताएको छ । नासाका वैज्ञानिकहरुले यो हेर्दा सामान्य लागेपनि कुनै दोस्रो ग्रहमा प्राकृतिक साधनको उपयोग गरेर सिधै श्वास लिन सक्ने गरि पाइएको यो सफलता ठुलो भएको बताएका छन् ।

म्याक्सी नामको उपकरणले इलेक्ट्रोलिसीसको माध्यमबाट अत्याधिक गर्मीको प्रयोग गरेर कार्बनडाइअक्साइडका अणुबाट अक्सिजनको अणुलाई अलग गर्ने काम गर्दछ । मंगलग्रहमा ९५ प्रतिशतभन्दा बढी कार्बनडाइअक्साइड छ भने पाँच प्रतिशत नाइट्रोजन र अर्गन रहेको छ । मंगलग्रहमा नाम मात्रको रहेको अक्सिजनको उत्पादनले भविष्यमा मानिसको बसोबास गर्ने अभियानलाई ठुलो सहयोग हुने विश्वास वैज्ञानिकहरुले गरेका छन् ।

नासाले २०३३ सम्म मंगलग्रहमा आम मानिसलाई पुर्याउने अभियान चलाइरहेको छ । यसमा मंगलग्रहमा अक्सिजनको उत्पादन नै चुनौतीपूर्ण रहेको बेला यस्तो सफलता हासिल भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै