• २०८१ बैशाख १५ शनिबार

नासाको अन्तरीक्ष यान मंगलग्रहमा उत्रियो

kharibot

मंगलग्रहमा पुग्ना साथ पेर्सेभेरेन्स रोभर यानले पठाएको पहिलो तस्वीर । 

काठमाडौँ । अमेरिकी एजेन्सी नासाको अन्तरीक्ष यान मंगलग्रहमा उत्रिएको छ । सात महिना अगाडी पृथ्वीबाट गएको यानले करिब आधा अर्ब किलोमिटरको दुरी पार गर्दै मंगल ग्रहमा पुगेको छ ।

अब यस यानले मंगलग्रहमा रहेको पुरानो झील र खण्डहरको अध्ययन गर्ने बताइएको छ । १९७० पछि नासाको मंगलग्रहमा जीवन खोज्न पठाएको यो पहिलो यान हो ।

मंगलग्रहमा पुग्ना साथ पेर्सेभेरेन्स रोभर यानले पहिलो तस्वीर समेत पठाएको छ । 

यो मंगलग्रहमा पुगेको नवौ यान हो भने नासाको पाँचौ यान हो ।

यस यानले मंगलग्रहको सतहमा सुक्ष्मजीव, जीवनको संकेतको बारेमा खोज गर्ने बताइएको छ । साथै यस यानले फुटेका चट्टान र धुलोको नमुना समेत जम्मा गर्ने छ । यसलाई आउदा दिनहरुमा एक अभियान नै बनाएर धर्तीमा ल्याउने नासाले बताएको छ । यसलाई २०३० सम्म पृथ्वीमा ल्याउने नासको योजना रहेको छ ।

यो यान २२० करोड डलरमा बनाइएको यो यान मंगलग्रहमा जेजेरो नामको ८२० फुट गहिरो आधारमा ल्याण्ड गरेको नासाले बताएको छ । वैज्ञानिकहरुले सो ठाउमा ३५० करोड बर्ष पहिले पानि रहेको अनुमान गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै