• २०८१ बैशाख १६ आइतबार

चिनियाँ झुरोङग रोभरले पठायो सेल्फीसहित मंगलग्रहको तस्वीर

kharibot

काठमाडौँ । मंगलग्रहमा पुगेको चिनियाँ झुरोङग रोभरले खिचेको सेल्फीसहितका नयाँ तस्वीर सार्बजनिक भएका छन् ।

गत मे २२ मा मंगलग्रहमा पुगेको रोभरले ताररहित क्यामराले जमिनको तस्बीर खिचेर पठाएको चिनियाँ स्पेस स्टेसनले सार्बजनिक गरेको छ ।

तस्बीरमा छ चक्काको झुरोङग रोभरमा रहेको चिनियाँ झण्डा प्रष्ट देखिन्छ भने अन्य तस्वीरहरुमा जमिनको तस्बीर सार्बजनिक गरिएको छ । २४० किलोको झुरोङग रोभरले अहिले मंगलग्रहको ढुंगा, वातावारण र मौसमको अध्ययन गरिरहेको बताइएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै