• २०८१ बैशाख १६ आइतबार

अन्तरिक्षमा चीनलाई ठुलो सफलता, रोवर मंगलग्रहमा पुग्यो

kharibot

काठमाडौँ । अन्तरिक्ष यात्रामा चीनलाई ठुलो सफलता हासिल भएको छ । सात महिनाको अन्तरिक्ष यात्रा र तीन महिनासम्म अर्बिटको परिक्रमापछि चीनको झुरोग रोवर मंगलग्रहमा अवतरण गरेको छ ।

योसँगै मंगलग्रहमा रोवर पठाउने चीन अमेरिकापछि दोस्रो देश बनेको छ ।

चीनको चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले झुरोग रोवर सफलतापुर्वक मंगलग्रहमा अवतरण गरेको जानकारी दिएको छ ।

चीनले पठाएको रोवर छ पांग्रा भएको रोवर भएको बताइएको छ । यो रोवर मंगलग्रहको युटोपिया प्लेनिशिया समतलसम्म पुगेको बताइएको छ जो मंगलग्रहको उत्तरी गोलार्धको एक भाग हो ।

चीनको यो रोवर एक प्रोटेक्टिभ क्याप्सुल, एक प्याराशुट र रकेट प्लेटफर्मको प्रयोग गरिएको छ । मंगलग्रहमा चीनको रोवर अवतरण गर्नुलाई निकै ठुलो सफलताको रुपमा हेरिएको छ । चु रोग रोवर सँग तिअन्वेन-१ आर्बिटर पनि रहेको छ जो गत फेब्रुअरीमा मंगलग्रहमा पुगेको थियो ।

अब चीनको यस रोवरले मंगलग्रहको अध्ययन गर्ने छ भने विभिन्न तस्वीर पठाउने बताइएको छ । अहिले मंगलग्रहको दूरी ३२ करोड किलोमिटर रहेको र पृथ्वीसम्मम रेडियो संदेश पुग्न १८ मिनेटको समय लाग्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै