• २०८१ बैशाख १६ आइतबार

मंगलग्रहमा नासाको इंजीन्यूटी हेलिकप्टरको पहिलो चिसो रात !

kharibot

तस्बीर: नासा

काठमाडौँ । अमेरिकी स्पेस एजेन्सी नासाले मंगलग्रहमा अर्को सफलता हासिल गरेको छ । नासाले पठाएको इंजीन्युटी हेलिकप्टर मंगलग्रहमा ल्याण्ड गरेपछि पहिलो रात बिताएको नासाले जानकारी दिएको छ ।

योसँगै दोस्रो ग्रहको धर्तिमा उत्रिने पहिलो रोटरक्राफ्ट समेत बनेको छ ।

नासाले इंजीन्यूटी हेलिकप्टरले पहिलो रात मंगलग्रहमा बिताएको जानकारी दिदै नासाकालागि यो निकै ठुलो सफलता भएको जनाएको छ ।

मंगलग्रहमा रातिको समय निकै चिसो हुने गर्दछ । रातिको तापक्रम माइनस १३० डिग्रीसम्म हुने नासाले बताएको छ ।

नासाको यो हेलिकप्टर यस अघि फेब्रुअरी १८ मा पठाइएको पर्सिभियरेन्स रोभरसँगै पठाइएको भएपनि अहिले यो बाहिर आएको हो । यसलाई मंगलग्रहमा सौर्य उर्जाले चार्ज हुने गरि बनाइएको छ । अब यस हेलिकप्टरको माध्यमबाट नासाले मंगलग्रहको बारेमा आफ्नो  अध्ययन थप तिब्र पर्ने बताएको छ । मंगलग्रहमा यसलाई परिक्षण उडानको रुपमा उदाउने प्रयास समेत गर्ने नासाले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै