मुम्बई । बलिवुडका किंग खान शाहरुख खानले हालै आफ्नो ५२औ जन्मदिन मनाएका छन् ।
यसै अवसरमा यश राजको चर्चित फिल्म धुम सिरिजको नयाँ सिरिजका लागि ‘चोर’ को भूमिकामा शाहरुख खानलाई प्रस्ताव गरिएको खबर आएको छ ।
भारतीय मिडियाहरुले धुम-४ मा ‘चोर’ को भूमिकामा शाहरुखलाई प्रस्ताव गरिएको उल्लेख गरेका छन् । यस अघिका धुममा ‘चोर’ को भूमिकामा जन अब्राहीम, ऋतिक रोशन र आमिर खानले अभिनय गरिसकेका छन् ।
आफ्नो जन्मदिनका अवसरमा शाहरुखले यसबारे खुलेर केहि नभने पनि उनले आगामी डिसेम्बरसम्म आफुले नयाँ फिल्म नगर्ने बताए । उनले आफ्ना साथी निर्देशकहरुलाई आफुले यसबारे जानकारी गराएको बताउदै आफु सबै खाले भूमिकामा आभिंय गर्न टायर रहेको बताए ।